काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालय स्थित बागेश्वरी भवन अगाडी भएको कार दुर्घटनामा घाइते भएका ३ जनाको मृत्यु भएको छ । सोमबार नगरकोटबाट काठमाडौँ आउँदै गरेको बा.५ च ७८८१ नम्बरको निजी कार दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
घाइतेहरू मध्येका ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । मृत्यु हुनेमा कार चालक काठमाडौँ–३२ बस्ने ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णा प्रधान छन् ।
कार आफैँ अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ४५ वर्षीया अनिता प्रधान र ४९ वर्षीया जय देवी प्रधानको उपचार भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij