Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।

ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले आफूलाई चिन्तित तुल्याएको बताउँदै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन समेत अनुरोध गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्– 

‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु।’

Capture

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट