मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हिम्मतले काम बन्नेछ भने लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। छरछिमेकीसँग वादविवादबाट जोगिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण कामको थालनी हुनेछ। धैर्य र लगनशीलताले विभिन्न अवसरहरु दिलाउनेछ। साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा सहकर्मीहरूबाट विरोध आउला साथै चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ। चोट लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूको साथीभाइसँग राम्रो समय व्यतीत हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। वैचारिक मनमुटाव बढ्नेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः खानपिनमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक कार्यमा सफलता मिल्नेछ। अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। उधारो दिएको रकम फिर्ता लिने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने समय रहेको छ। नयाँ तथा रचनात्मक कार्यतिर मन लाग्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूको सहयोगले कार्यहरू अगाडि बढ्नेछन्। भौतिक कार्यमा सफलता मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। रोकिएको काम प्रारम्भ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विभिन्न प्रतिस्पर्धामा फाइदा हुने योग छ। समयमा सही निर्णय लिन नसक्दा काममा पछि परिनेछ। घरजग्गा आदिको कारोबारमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै सकारात्मक कुराले गर्दा मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ र विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। वैदेशिक सम्बन्धी कार्यहरू अगाडि बढ्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजमा शुभ कार्यको चर्चा हुनेछ। यात्रा सफलतादायक रहनेछ। आफ्नो दक्षताले विभिन्न कार्यसम्पादन हुनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अध्ययन अध्यापनको क्षेत्र फराकिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। हात लिएको काममा आलस्य नगर्नुहोस्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij