काठमाडौं : ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा वर्षापछि आएको बाढी र पहिरोका कारण करिब २५ जनाको ज्यान गएको छ।सबैभन्दा बढी क्षति जुइज दि फोरा शहरमा भएको छ। सोही शहरमा १८ जनाको ज्यान गएको छ। त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ।
रातको समयमा अधिकांश घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका हुन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेको बीबीसीले जनाएको छ।
ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले जुइज दि फोरामा आपत्काल घोषणा गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा तीव्र रूपमा परिचालन गरिएको बताए। जुइज दि फोरामा मात्रै करिब साढे ४ सय परिवार घरबारविहीन भएका छन्।
नगरका मेयर मार्गारिदा सालोमाओले यो घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भन्दै तीन दिन शोक मनाउने घोषणा गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij