Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

समाजसेवी प्रविन गुरुङले दिए एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी

समाजसेवी प्रविन गुरुङले दिए एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा वर्तमान उपमहासचिव प्रबिन गुरुङले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। 
कतार एनआरएनएको उपाध्यक्षबाट यात्रा सुरु गरी क्षेत्रीय संयोजक, आइसीसी सचिव हुँदै उपमहासचिवसम्म पुगेका गुरुङले आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

सामाजिक कार्यका साथै नेपाली कला र संस्कृतिलाई विश्वमाझ चिनाउन पनि गुरुङ उत्तिकै सक्रिय छन्। संस्थाभित्रको फुट अन्त्य गरी एकता कायम गर्ने, प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने र संस्थागत पारदर्शिता सुनिश्चित गर्ने कार्यमा संस्थामा योगदान दिने आफ्नो योजना रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट