Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते कार

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते कार

काठमाडौँ :  पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरेका हुन्। अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे। 

सो अवसरमा आइएमई लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन, स्वदेशमा सीप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको सङ्ख्या बढ्दै गएको बताए ।

गत कार्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए। यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आई फोन १६ इ पनि प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij