काठमाडौँ : अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा दुवै तर्फका परिवारका नजिकका आफन्त र साथीभाइ सहभागी छन् ।
राणासँग नीतिले कानुनी विवाह गत वैशाखमा काठमाडौँ जिल्ला अदालतमा गरेकी थिइन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी थिइन् । राणा पेसाले एरोस्पेस इन्जिनियर हुन् । नीति र राणा झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेममा रहेका थिए ।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘ज्वाइँ साब’, ‘नरसिंहा अवतार’लगायत फिल्म अभिनय गरेकी छन् । नीति र याञ्चितको रिसेप्सन पार्टी शनिबार राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij