काठमाडौँ : पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ ।राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो ।२००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको प्रवक्ता श्रेष्ठले बताएका छन् । राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने पनि उनले उल्लेख गरे ।थापा तत्कालीन राजा महेन्द्रले वि।सं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्री भएका थिए । थापा भीमसेन थापाका पाँचौँ पुस्ताका सदस्यसमेत हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij