मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो कार्यतिर ध्यान केन्द्रित गर्नुहोला। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। कारोबार तलमाथि हुन सक्ला धैर्य राख्नुहोस् समय अनुकूल रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा आकस्मिक धनलाभको योग रहेको छ। कुनै आफन्तको स्वास्थ्यलाई लिएर धन खर्च गर्नुपर्ला। विदेशतिर बसोबास गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। न्यायिक मामिलाहरूमा बाधा आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारमा लाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। ऋणको लेनदेनबाट बच्नुहोस्। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा विवादास्पद कार्यमा समय खर्च हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूको साथ र सहयोग नमिल्नाले मनमा अनावश्यक कुराकानी खेल्न सक्छ सचेत रहनुहोस्। जग्गा जमिनबाट लाभ मिल्नेछ। आँटेको कार्य पूर्ण गर्नलाई मेहनत अलि धेरै गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) हतारमा निर्णय लिने बानीले समस्या निम्त्याउन सक्ला। माननीयजनहरूको कुरालाई सिरोधार्य गर्दा लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतीहरूलाई दिन अनुकूल रहनेछ। कला र संगीतको क्षेत्रमा विशेष सफलता आर्जन गर्न सकिएला। विवादास्पद कामको जिम्मेवारी लिँदा हानि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य वा कलात्मक क्षेत्रमा विकास हुनुका साथै विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। धार्मिक स्थलको भ्रमण वा दर्शनको योग रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन प्रसन्न रहनेछ। स्वास्थ्य र धनमा लाभ रहनेछ। शत्रुमाथि विजय पाइनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नाले राजपक्ष वा प्रशासनबाट अट्केको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग घ्यु सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा अधिकारीहरुको साथ र सहयोग मिल्नुका साथै नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समय रहेको छ। धार्मिक क्रियाकलापमा मन जानेछ। सोचलाई दूरदर्शी राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कामको मेसो नमिल्दा केही बिलम्ब हुनेछ। कार्यक्षेत्रमा नयाँ सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। आजको शुभ रंग राते हो भने शुभ अंक ४ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा नयाँ कामको अवसर मिल्नेछ। ठेक्कापट्टा वा पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। घरायसी कार्यमा व्यस्त भइनेछ। साथीभाईहरूसँग सन्तुलित व्यवहार राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यक्तित्वलाई निखार्ने समय रहेको छ। पुरुषार्थि काम गर्ने समय रहेको छ। विशेष व्यक्तिबाट आकर्षक उपहारले मन प्रसन्न रहनेछ। दिन सकारात्मक रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij