मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा अलि दौडधुप बढ्न सक्छ। आफ्नो योजना अनुसार अघि बढ्दा राम्रो नतिजा आउनेछ। साथीसँगको सहयोगले काम सजिलो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भेटघाट र कुराकानी धेरै हुन सक्छ। नयाँ चिनजानबाट फाइदा हुने सम्भावना छ। काममा व्यस्तता रहनेछ तर परिणाम सकारात्मक देखिन्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नेतृत्व क्षमता देखाउने मौका मिल्न सक्छ। मेहनतको फल पाइने संकेत देखिन्छ। आत्मविश्वासका साथ अघि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सम्बन्धमा समझदारी बढ्ने दिन हो। मिलेर काम गर्दा राम्रो नतिजा आउनेछ। मन शान्त राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज यात्रा वा नयाँ कामको मौका आउन सक्छ। नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने दिन हो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचारले काममा ऊर्जा थप्नेछ। साथीभाइसँगको सहकार्य फाइदाजनक हुनेछ। नयाँ योजनामा ध्यान दिनु राम्रो हुन्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवारको साथले मन खुसी रहनेछ। अड्किएको काम बिस्तारै अघि बढ्ने संकेत छ। खर्च गर्दा अलि सोचविचार गर्नु राम्रो हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन अलि भावुक हुन सक्छ। परिवारको सल्लाहले सही निर्णय लिन मद्दत गर्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा ध्यान केन्द्रित गर्न सके राम्रो प्रगति हुनेछ। साना गल्तीले समस्या आउन सक्छ, सतर्क रहनु होला। आर्थिक कुरा मिलाउनको लागि दिन राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गोप्य योजना सफल हुन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुन्छ। धैर्य राखे सफलता नजिक हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जिम्मेवारी बढेपनि त्यसलाई सम्हाल्ने साहस मिल्नेछ। धैर्य गरेर काम गर्दा राम्रो नतिजा आउनेछ। वरिष्ठको सल्लाह उपयोगी हुनेछ। आजको शुभ निलो हो भने शुभ अंक २ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन अलि संवेदनशील हुन सक्छ। सिर्जनशील काममा राम्रो प्रगति देखिन्छ। खर्च नियन्त्रणमा राख्दा फाइदा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij