Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

३ सय ५५ ऐनसहित सङ्घीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण

३ सय ५५ ऐनसहित सङ्घीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण

काठमाडौँ : सङ्घीयस्तरमा अहिलेसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले ३ सय ५५ वटा ऐन, ३ सय २५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १ सय ३४ वटा निर्देशिका र २ सय ५० वटा कार्यविधि निर्माण भएका जानकारी दिनुभयाे । उहाँले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताउनुभयो ।

कानूनमन्त्री सिन्हाले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । अहिलेसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ वटा मापदण्ड रहेको उहाँकाे भनाइ छ ।

मन्त्री सिन्हाले त्रुटि भएका ऐन तथा कानून संशोधन गर्न सरकार पर्यत्नशील रहेको उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij