Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

न्यूनतम दररेटमा बीमा दाबी गर्न अस्पताललाई निर्देशन

न्यूनतम दररेटमा बीमा दाबी गर्न अस्पताललाई निर्देशन

काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ। बोर्डले दाबीलाई एकरूपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए।

बोर्डले आजै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै औषधिलगायतका सेवासुविधा गरेबापत दाबी जुन दररेट न्यून छ सोही दररेट मात्र दाबी गर्न निर्देशन दिएको हो। बीमा बोर्डभन्दा अस्पतालको दररेट न्यून छ भने त्यही अस्पतालकै दररेटमा दाबी गर्न निर्देशन दिएका छौँ”, उनले भने, “यदि बोर्डको भन्दा अस्पतालको दररेट बढी छ भने बोर्डकै दररेटमा दाबी गर्न भनिएको छ।”

बोर्डले अस्पताललाई मेडिकल, सर्जिकल प्रकार, सर्जिकल तथा मेडिकल प्याकेज, प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र श्ययालगायतको शुल्कमा न्यून दररेट दाबी गर्न निर्देशन दिएको हो।

न्यून दररेट दाबीसम्बन्धी व्यवस्था आगामी फागुन १ गतेदेखि  कार्यान्वयन गरिने सूचना अधिकारी मल्लले बताए। यसअघि बोर्डले सेवाग्राहीलाई अनावश्यक परीक्षण नगराउन  अपिल गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij