Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कांग्रेस उम्मेदवार बास्तोला लडेर घाइते

कांग्रेस उम्मेदवार बास्तोला लडेर घाइते

पोखरा :  कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।

बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij