Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राशि अनुसार यस्तो छ तपाइको आजको भाग्यफल

राशि अनुसार यस्तो छ तपाइको आजको भाग्यफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। टाढिएका आफन्त वा इष्टमित्रहरूसँग भेटघाटको योग रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले गर्दा जटिल ठानेका कार्यसम्पादन हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रेम सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयंम राखौं। पायक स्थानमा भ्रमणका योग छन्। घरपरिवारको साथ र सहयोग मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मानमा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। सामाजिक उत्तरदायित्व वा पद प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन र अध्यापनको क्षेत्र सबल रहनेछ। नयाँ कार्यप्रति जोश र उत्साह जाग्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। धर्मकर्ममा चासो बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतिहरूको लागि दिन अनुकुल रहेको छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले गर्दा मनमा अशान्ति रहनेछ। आफन्त र साथीहरूबाट सहयोग मिल्नेछ। सुन्दर पहिरनले अरूलाई आकर्षित गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलि र व्यवहारले विवाद उत्पन्न गराउन सक्छ सावधान रहनुहोला। मानसिक चञ्चलताले निर्णय लिने क्षमतामा असर पर्नेछ। कर्म गर्नुभन्दा अघि भगवान विष्णुलाई स्मरण गरी अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा वा आकांक्षा पूरा गर्न दौडधुप धेरै गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। रोजगारीको लागि आफन्तहरूबाट टाडिनुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) माननीय जनहरूको साथ वा सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आम्दानी बढाउने कार्य प्रारम्भ गर्न सकिनेछ। अतिथिको रुपमा सत्कार पाइएला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आलस्य वा लगनशीलताको कमीले गर्दा अनुकूल परिणाम प्राप्त नहोला। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। अवसर आए पनि फाइदा उठाउन चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ पहेलो हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij