Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सीमा सुरक्षा बैठकमा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षक घिमिरेको निधन

सीमा सुरक्षा बैठकमा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षक घिमिरेको निधन


काठमाडौँ : नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेको निधन भएको छ। गएराति उनको निधन भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। घिमिरेलाई हृदयाघात भएको थियो। 

शनिबार दिउँसो मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक भएको थियो। बैठक चलिरहेका बेला उनी बेहोश भएर ढलेका थिए।

तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगिए पनि उपचार सफल नभएको भट्टले बताए। एसपी घिमिरेको शव पोस्टमार्टमका लागि विराट टिचिङकै शवगृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij