Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

काठमाडौं : मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन् । यो घटना भारतकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा मंगलबार साँझ करिब साढे सात बजे भएको हो । यो घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगे पनि यात्रुहरु सबै सकुशल रहेको जनाइएको छ ।

घटनापछि भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार ३ फेब्रुअरी २०२६ मा मुम्बई विमानस्थलमा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ तर्फ पार्किङ अवस्थामा थियो । उडानका लागि रनवेतर्फ जानुअघि इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेका बेला ठोक्किएको थियो ।

घटनापछि दुवै विमानलाई प्राविधिक जाँचका लागि रोकिएको थियो । डीजीसीए मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाका प्रवक्ताले फ्लाइट एआई २७३२ मुम्बईबाट भारत तमिलनाडुको कोयम्बटूर जाँदै थियो । यो घटनापछि उडान रोकिएको थियो । सावधानी अपनाउँदै विमानलाई उडान गर्न नदिई थप प्राविधिक जाँचका लागि रोकिएको हो । सबै यात्रुलाई विमानबाट ओरालिएको थियो ।

प्राविधिकहरुका अनुसार एयर इन्डिया र इन्डिगो दुवै एयरलाइन्सका प्रवक्ताले विज्ञप्ति निकालेर घटनाको पुष्टि गर्दै प्राविधिक जाँच भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट