Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

समानुपातिक बन्दसूचीबाट ७६ जना ‘आउट’

समानुपातिक बन्दसूचीबाट ७६ जना ‘आउट’

काठमाडौँ :  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ ।सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको विवरण रुजु भई ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको जनाएको हो । 

'समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा ७६ जनाको नाम हटाउने निर्णय भएको हो,'आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।  

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना
प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना
निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना
पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना
मतदाता नामावलीमा नाम समावेश नभएका १ जना
मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना
महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना
नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना
माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट