Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बढ्यो इन्धनको मूल्य

बढ्यो इन्धनको मूल्य

काठमाडौँ :  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर केही रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाडौं, पोखरा र भैरहवाका लागि फरक–फरक तोकिएको छ ।

नयाँ खुद्रा बिक्री मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।जसअनुसार बढेर आएको भए पनि हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ । त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको पनि निगमले एक सूचनामार्फत जनाएको छ । पेट्रोलको मूल्य यथावत् राखिएको छ । 

oil-nigam_s68jOvlZ9K.jpg

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट