चितवन : अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाले आयोजना गरेको ‘मेट्स इडु एक्स्पो २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। माघ १६ गते मेट्सको कार्यालय परिसरमा सम्पन्न उक्त एक्स्पोमा ३०० भन्दा बढी विद्यार्थी र अभिभावकले उत्साहजनक सहभागिता जनाएका थिए।
विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित एक्स्पोमा अष्ट्रेलिया, क्यानडा र बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधि सहभागी भएका थिए। विद्यार्थीहरूले प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर र शुल्क विवरणबारे विस्तृत जानकारी प्राप्त गरे।
मेट्स चितवन शाखाका प्रबन्धक प्रकाश पौडेलले एक्स्पोले विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए। उहाँले भन्नुभयो, “विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउनुका साथै आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसन पनि लिन सफल भएका छन्।” कार्यक्रममा कक्षा १२ उत्तीर्णदेखि ब्याचलर र मास्टर्स तह अध्ययन गर्न चाहने विद्यार्थीहरू सहभागी थिए। उनीहरूले आफ्नो योग्यता र कागजातको आधारमा छात्रवृत्ति अवसरसम्बन्धी जानकारी समेत प्राप्त गरे।
त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिताले विद्यार्थीहरूलाई शैक्षिक ऋण र वित्तीय परामर्श लिने अवसर पनि दिएको थियो। सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा र गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।
आयोजकका अनुसार, एक्स्पोले चितवन र आसपासका विद्यार्थीहरूलाई विदेशी उच्च शिक्षा सम्बन्धी प्रत्यक्ष, विश्वसनीय र व्यावहारिक जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij