Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३६, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो २८, आलु रातो (भारतीय) प्रतिकिलो २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ४५, बन्दा (लोकल) प्रतिकिलो ६५, बन्दा (तराई) प्रतिकिलो ५०, बन्दा (नरिबल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ५०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ५०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ५५ र भन्टा डल्लो प्रतिकिलो ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, तिते करेला प्रतिकिलो १८०, लौका प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो २४०, फर्सी पाकेको प्रतिकिलो ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ५५, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ७० कायम गरिएको छ ।

 

रायोसाग प्रतिकिलो ३०, पालुङ्गो प्रतिकेजी ६०, चमसुर प्रतिकिलो ६०, मेथी प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ९०, तरुल प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकेजी २२०, रातो बन्दा प्रतिकिलो १३०, जिरीको साग प्रतिकिलो ९०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३००, गान्टे मुला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३५० र रूखटमाटर प्रतिकेजी २५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो १००, अनार प्रतिकिलो ३५०, सुन्तला (नेपाली) प्रतिकिलो १८०, तरबुजा हरियो प्रतिकिलो ९०, भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) प्रतिकिलो ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०, निबुवा प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १२०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ५५०, किबी प्रतिकिलो २६० र एभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो १००, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ६००, भेडे खुर्सानी प्रतिकिलो ९०, हरियो लसुन प्रतिकिलो ८०, हरियो धनियाँ प्रतिकिलो ६० रुपैयाँ रहेको छ ।

लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,००० ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट