Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसमा माडीमा निःशुल्क स्वास्थ्य शिविर

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसमा माडीमा निःशुल्क स्वास्थ्य शिविर

चितवन : प्रहरी बल नेपालको २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नं. ३ गढीमाई बाहिनीको आयोजनामा माडी नगरपालिका–५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। चितवन मेडिकल कलेज भरतपुर, टाइम फार्मासिटिकल्स प्रा.लि. तथा CSREP को प्राविधिक सहयोगमा माघ ३ गते शनिबार सञ्चालन गरिएको शिविरमा ग्रामीण तथा दुर्गम क्षेत्रका सर्वसाधारणलाई लक्षित गरी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

No description available.

शिविरमा जनरल फिजिसियन, मनोचिकित्सक, छाला रोग, दन्त रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग, बाल रोग र रेडियोलोजी सम्बन्धी विशेषज्ञ सेवासहित युएसजी र भिडियो एक्स–रे परीक्षणसमेत निःशुल्क रूपमा गरिएको थियो। परीक्षणपछि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

No description available.
स्वास्थ्य शिविरबाट २३४ जना महिला र १०८ जना पुरुष गरी जम्मा ३४२ जना लाभान्वित भएका छन्। आर्थिक अभाव र टाढा अस्पताल पुग्न कठिनाइका कारण समयमै उपचार पाउन नसकेका स्थानीयवासीका लागि शिविर अत्यन्त उपयोगी भएको स्थानीयको भनाइ छ।

शिविरमा सशस्त्र प्रहरी बल नं. ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी महानिरीक्षक अन्जनीकुमार पोखरेल, सहायक बाहिनीपति वरिष्ठ उपरीक्षक जनक पुरी, सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, नं. १७ गण चितवनका गणपति उपरीक्षक धिरेन्द्रराज न्यौपाने, माडी–५ का वडाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, चितवन मेडिकल कलेजका सीईओ प्रताप देवकोटा लगायतको उपस्थिति रहेको थियो।

No description available.

सशस्त्र प्रहरी बलले सञ्चालन गरेको यस किसिमको मानवीय कार्यले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, उपचार तथा स्वास्थ्य सचेतनामा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै नागरिक र सशस्त्र प्रहरीबीचको सम्बन्ध थप सुदृढ बनाएको आयोजकको भनाइ छ। शिविर सफल बनाउन दिवाकर स्मृति माध्यमिक विद्यालयका शिक्षक–कर्मचारी, स्काउट स्वयंसेवक, स्वास्थ्यकर्मी टोली तथा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

No description available.

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट