चितवन : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिक त्रिशूली नदीको बगरमा बसको टुक्रा भेटिएको छ। सिमलताल नजिकै तनहुँतर्फको बगर क्षेत्रमा निलो रंगको बसको अवशेष भेटिएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ।
प्रारम्भिक रूपमा उक्त अवशेष २०८१ असार २८ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बसमध्ये कुनै एकको भाग हुन सक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार बसको अवशेष बालुवामा पुरिएको अवस्थामा भेटिएको हो र प्रहरी टोलीले त्यसबारे यकिन गर्ने काम गरिरहेको छ।
गत वर्ष त्रिशूली नदीमा खसेका बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको ‘गणपति’ र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको ‘एन्जल डिलक्स’ बस दुर्घटनामा परेका थिए। ती बसमा सवारमध्ये २५ जनाको शव फेला परेको थियो भने ४० जना अझै बेपत्ता रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij