Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।’

उनले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यदि उनीहरूले फेरि मानिसहरू मार्न थाले भने हामी कारबाही गर्नेछौं । हामी त्यहीँ प्रहार गर्नेछौं, जहाँ उनीहरूलाई सबैभन्दा बढी पीडा हुन्छ ।’

उनले उक्त कारबाही सैन्य हस्तक्षेप नहुने बताएका छन् । इरानमा पछिल्ला १३ दिनदेखि सरकारविरोधी प्रदर्शन जारी छ । प्रदर्शन हिंसात्मक बन्दा धेरैले ज्यान गुमाएका छन् ।
मानवअधिकार समूहहरूका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट