Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुदैँ

राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुदैँ

काठमाडौँ :  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम भोलि उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ ।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij