काठमाडौँ : माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई गितसहितको पत्र लेख्दै माओवादी छाडेको घोषणा गरेका हुन् ।उनी साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहेका थिए ।अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
रहबर अन्सारी प्रदेशसभाका तीनै सांसद हुन्, जसका कारण यसअघि मधेश प्रदेशको सरकार ढलेको थियो । अन्सारीले केही समय अघि मधेश प्रदेश सभाको बैठकमा आफ्नै मुखमा कालो मोसो दलेका थिए । मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि अन्सारीले आफ्ना धारणा राख्ने क्रममा मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिँदै रोस्टममै उभिएर आफ्नै मुखमा कालोमोसो दलेका थिए ।
साथै उनले सोनललाई विश्वासको मत समेत दिएका थिएनन् । विश्वासको मत नपाउने देखिएपछि राजिनामा दिएका सोनल नेतृत्वको मधेश प्रदेश सरकार २५ दिनमै ढलेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij