Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

एनआईसी एशियाले भन्यो, बैंक जस्तो संवेदनशील स्थानमा गैरकानुनी गतिविधि अस्वीकार्य छ’

एनआईसी एशियाले भन्यो, बैंक जस्तो संवेदनशील स्थानमा गैरकानुनी गतिविधि अस्वीकार्य छ’

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखा कार्यालयमा बैंक कर्मचारीमाथि अभद्र व्यवहार तथा अराजक गतिविधि भएको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ। बैंकका अनुसार केही व्यक्तिहरू कलुसित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी त्यहाँ कार्यरत कर्मचारीमाथि गालीगलौज गर्नुका साथै होहल्ला र हुलहुज्जत गर्दै अशान्त वातावरण सिर्जना गरेका थिए। घटनाका क्रममा पेट्रोल जस्तो अति प्रज्वलनशील पदार्थ छर्कने प्रयाससमेत गरिएको बताइएको छ, जसले बैंक कर्मचारी तथा सेवाग्राहीको जिउज्यानमा गम्भीर जोखिम उत्पन्न गरेको बैंकको भनाइ छ।

बैंक जस्तो संवेदनशील तथा अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाभित्र यस्ता गैरकानुनी र उच्छृङ्खल गतिविधि पूर्ण रूपमा अस्वीकार्य रहेको उल्लेख गर्दै बैंकले यसले समग्र बैंकिङ क्षेत्रमै असुरक्षा सिर्जना गरेको जनाएको छ। यस्तो गतिविधिले बैंकिङ क्षेत्रमा काम गर्ने वातावरणमा नकारात्मक असर पर्नुका साथै मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याइरहेको क्षेत्रमै चुनौती थपिएको बैंकको ठहर छ।

एन आई सी एशिया बैंकले कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सहन नसकिने स्पष्ट पारेको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कडा कारबाही गर्न र बैंक तथा कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न बैंकले सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट