Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

यी हुन् एमाले कर्णाली प्रदेश र जिल्लाका नयाँ कमान्डरहरू

यी हुन् एमाले कर्णाली प्रदेश र जिल्लाका नयाँ कमान्डरहरू

‎सुर्खेत : नेकपा एमालेको मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुम्पिएको छ।  मुख्यमन्त्री कँडेलले अब प्रदेश संयोजकका साथै आगामी निर्वाचनको कमान्डरको भूमिका समेत निर्वाह गर्नेछन्। ‎पार्टीले कर्णालीका १० वटै जिल्लाका लागि पनि संयोजकहरूको चयन गरेको छ । ‎‎सुर्खेतमा नवराज रावत र जाजरकोटमा डम्बरबहादुर सिंहलाई संयोजकको जिम्मेवारी दिइएको छ।

‎त्यसैगरी दैलेखमा मिनासिंह रखाल, डोल्पामा बद्मी कुमारी बुढा (बोहरा), जुम्लामा दानसिंह परियार र हुम्लामा दल रावललाई जिल्लाको नेतृत्व सुम्पिएको छ। जुम्लामा जिम्मेवारी दिएका दानसिंह मुगुका हुन् ।

मुगुको जिम्मेवारी जितबहादुर मल्लले पाएका छन् भने सल्यानमा गोविन्द पुन र कालिकोटमा नगीन्द्र शाही (नेशनल) लाई जिल्ला संयोजकका रूपमा खटाइएको छ।
रुकुम पश्चिमको हकमा भने पार्टीले दैलेखका सुशीलकुमार थापालाई संयोजकको जिम्मेवारी तोकेको छ । यी नेताहरुले आगामी फागुनका हुने प्रतिनिधि सभाको निर्वाचनमा कमान्डरको भूमिका पनि निभाउने छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij