Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हिमपातका कारण युरोपमा ६ जनाको मृत्यु

हिमपातका कारण युरोपमा ६ जनाको मृत्यु

ब्रसेल्स : हिमपात र चिसो मौसमका कारण युरोपका धेरै जसो ठाउँमा यातायात अवरुद्ध भएको छ । हिमपातसँग सम्बन्धित घटनामा साे क्षेत्रमा ६ जनाको मृत्यु भएको छ । फ्रान्सको दुई क्षेत्रमा मात्रै पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बोस्नियाको राजधानी साराजेभोमा एक महिलाको मृत्यु भएको छ ।

युरोपभरमा सयौँ उडान रद्द भएपछि पेरिस र आम्सर्टड्यामका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् । यो स्थिति बुधबारसम्म रहने अनुमान गरिएको छ । मंगलबार राति र बुधबार थप हिमपात हुने अनुमान गरिएको फ्रान्सका यातायात मन्त्री फिलिप टाबारोटले भनेका छन् । सकेसम्म यात्रा नगर्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट