चितवन : विश्वमै दुर्लभ मानिने एकसिङे गैंडाको संरक्षणमा नेपालले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। सन् २०२१ मा गरिएको राष्ट्रिय गैंडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६९४ र देशभर गरी कुल ७५२ गैंडा रहेका थिए।
नेपाल सरकारले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न संरक्षण, निगरानी र बासस्थान व्यवस्थापनका क्षेत्रमा विभिन्न सरकारी प्रयासहरू भइरहेका छन्। तर पछिल्लो समय गैंडा मृत्युका घटना बढ्दै गएकाले लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ।
यसैबीच, नारायणी नदी किनारमा विरलै देखिने एकसिङे गैंडाको प्राकृतिक प्रजननसँग जोडिएको दृश्य देखिएको छ। एक भाले गैंडा, आमा गैंडा र उनको बच्चा सँगै नदी किनारमा विचरण गरिरहेको दृश्यले संरक्षण प्रयास सकारात्मक दिशामा रहेको संकेत गरेको छ।
नेपालमा सन् २०२१ पछि गैंडाको पुनः गणना हुन सकेको छैन। पछिल्लो समय गैंडाको संख्या बढ्दो क्रममा रहेको अनुमान गरिँदै आएको सन्दर्भमा नयाँ गणना गर्नुपर्ने माग संरक्षणकर्मी तथा सरोकारवालाहरूले उठाउँदै आएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij