Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण

सिनसिनाटी  : अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको घरमा आक्रमण भएको छ ।सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनको घरका झ्यालहरू फुटेका छन् । प्रहरीले घटनामा संलग्न एक जना शंकास्पद व्यक्तिलाई हिरासतमा लिएको छ । भ्यान्सको घर नजिकै आइतबार राति (स्थानीय समयअनुसार) सवा १२ बजे बजेतिर कसैलाई भाग्दै गरेको देखिएको थियो । 

अधिकारीहरूका अनुसार जुन समयमा यो घटना भयो, त्यसबेला जेडी भ्यान्स र उनको परिवार घरमा उपस्थित थिएनन् । अहिले हिरासतमा लिइएका व्यक्ति उपराष्ट्रपतिको घरभित्र पस्न सफल भने भएका थिएनन् । जाँच एजेन्सीहरूले यो घटना जानाजानी जेडी भ्यान्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो वा यसको पछाडि कुनै अन्य कारण छ भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन् । 

यस घटनालाई लिएर मिडियाले ह्वाइट हाउस र सेक्रेट सर्भिसबाट जानकारी मागेका छन्, तर अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । भ्यान्स पछिल्लो एक हप्तादेखि सिनसिनाटीमै थिए, तर आइतबार दिउँसो सहरबाट हिँडेका थिए । उनले घरमा करिब १४ लाख डलर खर्च गरेका छन् र यो करिब २.३ एकडमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट