Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा खुल्यो श्री कलेज अफ लः कानुनमा स्नातक पढ्न पाईने

चितवनमा खुल्यो श्री कलेज अफ लः कानुनमा स्नातक पढ्न पाईने

चितवन : चितवनमा श्री कलेज अफ ल सञ्चालनमा आएको छ । भरतपुर–१२ गोन्द्राङ्गमा रहेको श्री कलेज अफ टेक्निोलोजीको भगिनी संस्थाको रुपमा श्री कलेज अफ ल सञ्चालनमा आएको हो । कलेजका सञ्चालक सरोज ढकालका अनुसार श्री कलेज अफ लमा बि.ए एलएल.बी अध्ययन गर्न पाईने छ । पाँच वर्षे एकीकृत स्नातक तहको नयाँ कार्यक्रममा भर्ना प्रक्रिया शुभारम्भ भईसकेको उहाँले जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा सञ्चालन गर्न लागिएको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “चितवन र छिमेकी जिल्लामा समेत कानुनमा स्नातक पढ्न समस्या थियो, हामीले त्यसैलाई मध्यनजर गर्दै बिए एलएलबी कक्षा सञ्चालन गर्न लागेका हौं ।” हाललाई ६० जना विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गरिने उहाँको भनाई छ । कुनै पनि विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थी भर्ना हुन पाउने उहाँले जानकारी दिनुभयो ।

सञ्चालक ढकालले भन्नुभयो “भविष्यका दक्ष, सक्षम र जिम्मेवार कानुन व्यवसायीहरु उत्पादन गर्न यो कार्यक्रम सफल हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट