Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गाजामा ३७ सहायता समूहलाई इजरायलले लगाउँदैछ प्रतिबन्ध

गाजामा ३७ सहायता समूहलाई इजरायलले लगाउँदैछ प्रतिबन्ध


तेल अभिभ  : इजरायलले गाजा र वेस्ट बैंकमा आफ्नो कब्जा रहेको ३७ सहायता समूहहरूको लाइसेन्स रद्द गर्दैछ । नयाँ दर्ता नियमअनुसारको तोकिएको मापदण्ड पूरा नभएकोले यिनीहरूको आवश्यकताहरू पूरा गर्न असफल भएकोले यिनीहरूलाई सहायता वितरणमा बन्देज लगाउन लागिएको हो ।

एक्सनएड, अन्तर्राष्ट्रिय उद्धार समिति र नर्वेजियन शरणार्थी परिषद् जस्ता प्रख्यात अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू यो सूचिमा छन् । यिनीहरूको लाइसेन्स ६० दिन भित्र समाप्त हुने बताइएको छ । समूहहरूले आफ्ना कर्मचारीहरूको पूर्ण व्यक्तिगत विवरण दिन पनि अफसल भएको भनिएको छ । बेलायत सहित १० देशका विदेश मन्त्रीहरूले यो कदमको कडा आलोचना गरेका छन् । नयाँ नियमहरू प्रतिबन्धात्मक र अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

आईएनजीओको सञ्चालन जबरजस्ती बन्द गर्दा स्वास्थ्य सेवाहरू सहित आवश्यक सेवाहरूमा पहुँचमा गम्भीर प्रभाव पर्ने बेलायत, फ्रान्स, क्यानडा, डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन र स्विट्जरल्याण्डका विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् । 

गाजामा मानवीय अवस्था विपत्तिजनक रहेको भन्दै गाजामा आईएन्जीओहरूलाई दिगो र अनुमान गर्न सकिने तरिकाले सञ्चालन गर्न सकिने वातावरण बनाउन उनीहरूले  इजरायलको सरकारसँग अनुरोध गरेका छन् । नयाँ उपायहरूले गाजामा मानवीय सहायताको प्रवाहलाई असर नगर्ने दर्ता आवेदनहरूको जिम्मेवारी पाएको इजरायलको डायस्पोरा मामिला मन्त्रालयले बताएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट