Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न, ६० हजारद्वारा अवलोकन

‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न, ६० हजारद्वारा अवलोकन


काठमाडौँ : काठमाडाैँमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । शनिबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् । फेस्टको अन्तरीम सरकारका मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका थिए ।

घर निर्माण फाउन्डेसनको आयोजनामा शिवम् सिमेन्ट पावरर्ड वाइ रहेको फेस्टलाइ प्लम्बर पाइप्सले सहकार्य गरेको थियो । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठुलो मेलाका रूपमा रहेको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ मा १ सय ५० बढी स्टलहरू राखिएको थियो ।

घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ आयोजना गरिएको फेस्टमा आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिएको छ । फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर (ह्वाइट रूम), आर्किड भिल्ला, तथा डोम हाउस जस्ता नवीन आवासीय मोडलहरू प्रदर्शनीमा राखिएको थियो ।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधनका लागि फेस्टले मद्दत पुर्याएको घर निर्माण फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट