Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

निर्वाचनको वातावरण अझै बन्न सकेन: विष्णु पौडेल

निर्वाचनको वातावरण अझै बन्न सकेन: विष्णु पौडेल


काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताएका छन् । नेकपा एमाले निकट संगठन रिटर्नी फेडेरेसनको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले दलको विकल्प दल मात्रै हुने बताए । लोकतान्त्रिक प्रणालीमा दलहरूलाई निषेध गरेर निर्वाचन हुन नसक्ने पौडेलले बताए ।

‘राजनीतिक स्थायित्व, सुशासन र समृद्धिमा नेकपा (एमाले) को नीति र रिटर्नीको भूमिका’ नीति संवादमा पौडेलले विदेशबाट फर्केकाहरूको सीप र पुँजीलाई एकीकृत गर्नुपर्ने बताए । पौडेल उक्त संगठनको वेबसाइट पनि शुभारम्भ गरे ।

कार्यक्रममा फेडेरेसनका निवर्तमान इञ्चार्ज डा. कृष्णबहादुर केसीले विदेशबाट फर्केर संगठित भएकाहरूले ठोस कार्यक्रम सहित पार्टीमा समावेश हुन आग्रह गरे । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाललाई नबनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट