काठमाडौँ : समुन्नत पार्टी नेपालका अध्यक्ष सर्वेन्द्र खनालले नेपालको राजनीतिक संस्कार अराजनीतिक दिशातर्फ गएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अराजनीतिक संस्कारको शुद्धीकरण गर्न आवश्यक रहेको बताएका हुन् । उनले नयाँले पुरानालाई र पुरानाने नयाँलाई गालीगलौज गर्ने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
गाली–गलौजको राजनीतिभन्दा नीति, सिद्धान्त र एजेन्डामा आधारित बहस गर्न आवश्यक रहेको उनको भनाइ छ । खनालकाअनुसार समुन्नत पाटीले देशलाई समुन्नत कसरी बनाउने भन्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र, नीति र दीर्घकालीन रोडम्यापसहित राजनीति अघि बढाएको छ ।
पुरानाले नयाँलाई गाली गर्ने र नयाँले पुरानालाई गाली गर्ने प्रवृत्तिभन्दा माथि उठेर आफू कसरी सही बन्ने भन्नेकुरा आफूहरुको प्राथमिकता रहेको उहाँले बताउनु भयो । उहाँले विगतका नेतृत्वहरूले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने र नराम्रा कामको कानूनी तथा व्यवहारिक रूपमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij