काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ । दुई पार्टीबिच आजै एकताको घोषणा हुने भएको हो ।
जसपाका तर्फबाट उपाध्यक्ष रेनु यादवले एकताको नेतृत्व गरेकी छन् । जसपाका अध्यक्ष अशोक राई भने जसपा नेपालसँग एकताका लागि तयार भइनसके पनि उपाध्यक्ष यादव पक्षले राईसँग संवाद गरिरहेको श्रोतले बताएको छ ।
‘सम्भवतः अशोक राईलाई साथमा लिएर नै एकता घोषणा गर्ने हो। अशोक राईले मानेनन् भने रेणु यादवको नेतृत्वमा जसपा नेपालसँग आजै एकता घोषणा हुन्छ’ स्रोतले दाबी गरेको छ।
उपाध्यक्ष यादव पक्षले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भएर नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिसकेका छन् । बाँकी रहेका केन्द्रीय सदस्य लिएर उपाध्यक्ष यादवले जसपा नेपालसँग एकता गर्न लागेकी हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij