कसुर : पाकिस्तानको पञ्जाब प्रान्तस्थित कसुर जिल्लाको सीमावर्ती गाउँबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। पाकिस्तान रेन्जर्सले उनलाई सीमा उल्लंघन गरेको आरोपमा पक्राउ गरी हिरासतमा लिएको हो।
पक्राउ पर्नेमा भारतको जालन्धर जिल्ला शाहकोट तहसीलका शरनदीप सिंह रहेका छन्। रेन्जर्सले उनलाई कसुरको गन्डा सिंह प्रहरी चौकी अन्तर्गत पर्ने सहजरा क्षेत्रबाट नियन्त्रणमा लिएको बताएको छ।
पक्राउ परेपछि उनलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ। पाकिस्तानी अधिकारीहरूले पक्राउ परेका सिंहलाई हतकडी लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन्।बीबीसी उर्दूका अनुसार उनी भारतीय सीमाबाट पाकिस्तानी क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेपछि नियन्त्रणमा परेका हुन्। हाल उनलाई गन्डा सिंह प्रहरी चौकीमा राखेर सीमा उल्लङ्घनको मुद्दामा थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij