इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तानी सेनाले 'सत्यको लडाइँ' जितेको दाबी गर्दै भारतलाई दिल्लीदेखि मुम्बईसम्म कहिल्यै नबिर्सने हार चखाएको बताएका छन्। हरिपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले खैबर पख्तुनख्वाका जनतालाई साहसी र बहादुरको संज्ञा दिएका हुन्।
सरिफले यस क्षेत्रका मानिसहरू दशकौँदेखि ‘आतङ्ककारी’ विरुद्ध लडिरहेको र उनीहरूकै बलिदानका कारण देशमा शान्ति स्थापना भएको उल्लेख गरे। आफ्नो सम्बोधनका क्रममा उनले पाकिस्तान ‘टाट पल्टिन’ बाट जोगिएको र मन्दीबाट उब्रिएर अब अर्थतन्त्र स्थिरतातर्फ गइरहेको दाबी समेत गरे।
यो तनावको मुख्य जड यसै वर्ष मे ६ र ७ को मध्यरातमा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा चलाएको ‘अपरेसन सिन्दूर’ हो। भारतीय सेनाले उक्त अपरेसनका क्रममा धेरै स्थानमा रहेका ‘आतङ्ककारी क्याम्प’ हरूलाई निशाना बनाएर ध्वस्त पारेको दाबी गरेको थियो। उक्त सैन्य कारबाहीपछि दुवै देशबिच तनाव उत्कर्षमा पुगेको थियो। भारतले आफ्नो लक्ष्य सफलतापूर्वक हासिल गरेको बताए पनि पाकिस्तानले भने त्यसलाई असफल तुल्याएको दाबी गर्दै आएको छ।
त्यस समयको सङ्घर्षका क्रममा भारत र पाकिस्तान दुवैले एक-अर्काको लडाकु विमान खसालेको दाबी गरेका थिए। प्रधानमन्त्री सरिफले सोही सैन्य मुठभेडलाई लक्षित गर्दै भारतले ठुलो क्षति व्यहोर्नुपरेको बताएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij