Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

काठमडाैँ : हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको लागि आउने कुनै पनि प्रस्तावले त्यो अधिकारलाई समर्थन गर्नुपर्ने उनले बताए ।

“प्रतिरोध र हमासका हतियारहरू अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको वैध अधिकार हो र यो प्यालेस्टाइन राज्यको स्थापनासँग जोडिएको छ,” अल–ह्याले हमास समूह निकट अल–अक्सा टेलिभिजन प्रसारण गरिएको सम्बोधनमा भने ।

प्यालेस्टाइन राज्यको स्थापनाको ग्यारेन्टी गर्दै यो अधिकारलाई संरक्षण गर्ने कुनै पनि प्रस्तावको अध्ययन गर्न खुला रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट