Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

काठमाडौं : ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजले यही मंसिर २५ देखि २७ गतेसम्म आइसिटी मेला ६.० आयोजना गर्ने भएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रमको छैटौं संस्करणमा नवप्रवर्तन, डिजाइन, रोबोटिक्स, सफ्टवेयर, ई–स्पोर्ट्स तथा इन्टरएक्टिभ प्रविधिसम्बन्धी प्रदर्शनी गरिने कलेजले जनाएको छ।

एक्सपोमा ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विकास गरेका आईओटी, रोबोटिक्स तथा सफ्टवेयर प्रोजेक्ट लगायतका नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरिनेछ। साथै विद्यार्थीहरूलाई आईटी परियोजनाको अवलोकन गराउन विभिन्न विद्यालय तथा कलेजबाट समेत सहभागीता रहने बताइएको छ।

कार्यक्रमलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन युआईरयुएक्स डिजाइन, रोबो र्‍याम्प रेस, रोबो सकर, कन्टेन्ट क्रियसन बोनान्जा, स्क्विड गेम र ई–स्पोर्ट्स टुर्नामेन्ट जस्ता प्रतियोगिता आयोजना गरिनेछ । त्यस्तै एआर क्याम्पस हन्ट, गूगलर च्यालेन्ज, इन्टर्‍याक्टिभ आइसिटी जोन, पीयर एण्ड आइसिटी मेन्टर इन्टर्‍याक्सन बुथ तथा फ्युचर रेडी एण्ड करियर काउन्सिलिङ कर्नर जस्ता इन्टरएक्टिभ जोनहरू मुख्य आकर्षण रहनेछन्।

आइसिटी मेलाले विद्यार्थीहरूलाई कक्षाभन्दा बाहिर आएर प्रत्यक्ष अनुभव, सहकार्य र डिजिटल प्रविधिसम्बन्धी बुझाइ अभिवृद्धि गर्न सक्ने अवसर प्रदान गर्ने भिरिञ्ची कलेजले जनाएको छ। कलेजका अनुसार, यसले विद्यार्थीलाई डिजिटल प्रविधि अध्ययनसँगै करियर अवसरका संभावनासँग पनि जोड्नेछ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तीन दिने प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने छ । यस्तै, विभिन्न विद्यालय तथा कलेजले समूहगत रूपमा आइसिटी मेलाको समेत अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

भिरिञ्ची कलेजले विद्यार्थीकै परियोजना र क्षमता प्रदर्शनमा जोड दिँदै विगत पाँच वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट