Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

एनपीएल : पोखरासँग चितवन ८ विकेटले पराजित

एनपीएल : पोखरासँग चितवन ८ विकेटले पराजित

काठमाडौं :  पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले हराएको छ।चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९।४ ओभरमा २ विकेट गुमाएर भेट्टायो।पोखराका लागि एडम रोसिङ्टनले सर्वाधिक ६५ रन बनाए। कप्तान कुशल भुर्तेल चार बनाएर आउट हुँदा अर्जुन कुमाल अविजित रहँदै ४३ रन बनाए।

चितवनका लागि रिजन ढकाल सैफ जैवले समान एक एक विकेट लिए।टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ६ विकेट गुमाएर १२० रन बनायो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल२३, सैज जैव १७, डेबिड मलान ५, अर्जुन साउद र रवि बोपरा समान एक एक रनमा आउट भए। अल्पेश रामजनी ३३ रनमा अविजित रहे।

पोखराका लागि धन्नजय लक्षणले तीन, विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट