धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा आज सात वटा सवारी साधन एकै ठाउँमा दुर्घटनामा परेका छन्। दुर्घटनामा स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल संलग्न छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा यो ठूलो दुर्घटना भएको हो।दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।
दुर्घटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीका अनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको छ। प्रहरीले दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij