Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

यस वर्षकाे पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

यस वर्षकाे पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

काठमाडौँ : पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई पुरस्कृत गर्ने भएको छ । काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद रु पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

यसैगरी, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ । नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ । पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट