Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

हेटौँडामा सडक विस्तार सुरू, अदालतको आदेश नआएसम्म काम रोकिँदैन

हेटौँडामा सडक विस्तार सुरू, अदालतको आदेश नआएसम्म काम रोकिँदैन

मकवानपुर : हेटौँडामा सडक विस्तार अभियान शनिबार बिहान ६ बजेबाट हेटौंडाको राप्ती रोड देखि सुरु भएको छ।

आज बिहान डिभिजन सडक कार्यालयले एक्साभेटर प्रयो गरि सडक भित्रका संरचनाहटाउन सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार कार्यालय समयसम्म सर्वोच्च अदालतको आधिकारिक पत्र नआएको भन्दै संरचना हटाउने कार्य नरोकिने जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सर्वोच्चले ६ जनाको हकमा अन्तरिम आदेश दिएको प्रारम्भिक जानकारी भए पनि आदेश जिल्ला अदालतमार्फत औपचारिक रूपमा दर्ता नभएसम्म काम रोक्नुपर्ने स्थिति छैन। अनौपचारिक रूपमा पठाइएका कागजातले प्रक्रिया प्रभावित नपर्ने अधिकारीको भनाइ छ।

उनले भने, “ह्वाट्सएपमा आएको कागजले केही हुँदैन, आधिकारिक पत्र आउनुपर्छ।”

प्रशासनका अनुसार राप्ती रोड्बाट सुरु गरिएको र १२ वटा टोली परिचालन गरी रातोमाटे, बुद्धचोक, बाइपास, राप्तीरोडदेखि उद्योग वाणिज्य संघ आसपाससम्म संरचना हटाउने कार्यहुने जनाएको छ। पहिलो चरणमा सटर, बोर्ड र व्यापारिक गतिविधि रोक्ने काम गरिने र आवासीय घर तत्काल भत्काइन भन्काइने प्रशासनले जनाएको छ ।

सडक डिभिजन कार्यालय मकवानपुरले पनि मंसिर २० गतेदेखि सडक विस्तार सुरु गर्ने निर्णय यथावत् राखेको छ। मंसिर ५ मा जारी गरिएको १५ दिने म्याद सकिनअघि कुनै रोक आदेश नआएकाले कानुनी अवरोध नरहेको डिभिजनको दाबी छ।

१६ मंसिरमा रास्वपा नेतृ तथा पूर्वसांसद विन्दबासिनी कंसाकारद्वारा सर्वोच्चमा दायर रिटमाथि शुक्रबार सुनुवाइ हुनेछ भन्ने जानकारी आए पनि आदेश कुन क्षेत्रमा र कसका हकमा लागू हुन्छ भन्ने विषय अझै स्पष्ट नभएको प्रशासनले जनाएको छ।

परियोजनाअन्तर्गत महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब ९.५ किलोमिटर सडक विस्तार गर्न ५३१ वटा संरचना हटाइनेछ। केन्द्र रेखाबाट २५–२५ गजभित्र पर्ने २३४ संरचना दायाँतर्फ र २९७ संरचना बायाँतर्फ हटाउने तयारी गरिएको छ।

यता, स्थानीय बासिन्दा र व्यवसायीहरू मुआब्जा र क्षतिपूर्ति माग्दै आन्दोलनमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट