काठमाडौं : मोडलिङका माध्यमबाट रंगीन दुनियामा प्रवेश गरेका बरुण अधिकारी अब ठूलो पर्दातर्फ उन्मुख भएका छन्। अभिनेता प्रदीपकुमार चौधरीको डेब्यु निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘तरङ्ग’ मार्फत उनले आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेका हुन्।
एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा सफल अभिनय गरिसकेका बरुण पहिलोपटक कथानकधर्मी चलचित्रमार्फत दर्शकमाझ उपस्थित हुँदै छन्। चलचित्रको कथा र पात्र मन परेको कारणले आफू ‘तरङ्ग’मा काम गर्न लागेको उनले बताएका छन्।
चलचित्रको पटकथा समेत निर्देशक चौधरी स्वयंले लेखेका हुन्। सुजन राई र तर्कराज जोशी निर्माताका रूपमा रहेका यस चलचित्रको छायांकन सुरु भइसकेको छ।
‘तरङ्ग’मा बरुणसँगै रविना केसी, बारत लिम्बू, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij