Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्री कार्कीले बालुवाटार बैठकमा भनिन्–राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो

प्रधानमन्त्री कार्कीले बालुवाटार बैठकमा भनिन्–राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो

काठमाडौँ :  प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई स्थापित गर्न नै चुनाव चाहिएको बुझ्नुपर्ने बताएकी छन् । शुक्रबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । साथै उनले आफूहरू दलहरूको विरोधी नभएको समेत बताइन् ।

'दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला । तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ । म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन। जुन दल आए पनि हामी स्वागत गर्छौँ। खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ,' उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले आफूहरूकाे कुनै निजी स्वार्थ र आकांक्षा नरहेकाे समेत बताइन् ।'केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन । तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिदिनुहोस्, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट