Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

‘सडक मानवमुक्त प्रदेश’ अभियान अनुसार आश्रम विस्तार हुने

‘सडक मानवमुक्त प्रदेश’ अभियान अनुसार आश्रम विस्तार हुने

सुर्खेत : सुर्खेतको चारकुनेमा मानव सेवा आश्रमको नयाँ भवन निर्माणको शिलान्यास कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिका प्रतिनिधिहरूले संयुक्त रूपमा गरे।

अढाई करोड रुपैयाँ लागतमा बन्ने भवनका लागि प्रदेश सरकारले चालू वर्षमै डेढ करोड विनियोजन गरिसकेको छ।

शिलान्यास समारोहमा मुख्यमन्त्री कँडेलले आश्रमको महत्त्व बढ्दो भएको बताइर समुदायिक सहयोग आवश्यक रहेको उल्लेख गरे। मन्त्री भण्डारीले ‘सडक मानवमुक्त प्रदेश’ अभियानअनुसार अन्य जिल्लामा पनि आश्रम विस्तार गरिने बताए।

समितिका संयोजक डा. नवराज केसीले दातृ सहयोगको प्रभावकारी उपयोग र भवन छेउमा धार्मिक पार्क तथा ज्येष्ठ नागरिकका लागि मनोरञ्जनात्मक स्थल निर्माणको आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट