Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पोस्टरमा मुख्य कलाकार बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल

पोस्टरमा मुख्य कलाकार बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल

काठमाडौँ : चलचित्र ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार—बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल—फिचर्ड छन्। पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल देखिएकी छन्, जो प्रशन्न मुद्रामा प्रस्तुत गरिएको छ।

पोस्टरमा उनका हातमा सिगरेट छ र पाँचवटै औंलामा औंठी लगाएकी छन्। महेश त्रिपाठीसँग उनी आमनेसामने देखिएकी छन्, मानौँ संवादको क्षण कैद गरिएको हो। यसैगरी, ग्रिस्मा कटुवाल पोस्टरमा रोइरहेकी दृश्यमा प्रस्तुत गरिएको छ।

बलिराम चौहान निर्देशित चलचित्र ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शनमा आउनेछ। यस चलचित्रमा प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी रहेका छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यो चलचित्र स्काइफल पिक्चर्स द्वारा प्रस्तुत गरिएको हो भने को–प्रोड्युसर रमन ग्रे रहेका छन्। चलचित्रको छायांकन नरेन्द्र मैनाली ले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट