Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

स्वरसम्राट् नारायणगोपालको ३५ औँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

स्वरसम्राट् नारायणगोपालको ३५ औँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं : प्रेम, सामाजिक मूल्य, जीवनका अनुभूति र सांस्कृतिक भावनालाई मन छोने शैलीमा गीत गाएर नेपाली सङ्गीत क्षेत्रमा अद्वितीय पहिचान बनाएका स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

मधुर, जादुमय स्वर र अनौठो साङ्गीतिक अभिव्यक्तिका कारण ‘स्वरसम्राट्’ उपाधिले सम्मानित उनी नेपाली आधुनिक गीत–सङ्गीतका स्तम्भ कलाकार मानिन्छन्। उनका कैयौं कालजयी गीत आज पनि जनमानसमा समान रूपमा लोकप्रिय छन्।

‘लौ सुन म भन्छु मेरो रामकहानी’, ‘पर्खी बसेँ आउला भनीँ’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘ए कान्छा ठट्टैमा’, ‘बिछोडको पीडा’, ‘जाग लम्क चम्क’, ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैले रचेर फेरि’ लगायत उनका स्वर एवं सङ्गीतले सजिएका गीत आज पनि जनजिब्रोमा झुन्डिएका छन्।

स्वरसम्राट् नारायणगोपलको निधनपछि उनको महाराजगन्जस्थित निवासमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विशेष कार्यक्रममार्फत उनको योगदान र व्यक्तित्वको स्मरण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट