Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विराटनगरमा लिम्बु, नेवार र किराँत समुदायले नयाँ अन्नबाली पर्व धुमधामका साथ मनाए

विराटनगरमा लिम्बु, नेवार र किराँत समुदायले नयाँ अन्नबाली पर्व धुमधामका साथ मनाए

विराटनगर : नयाँ अन्नबाली भित्र्याएको खुसीमा किराँत, लिम्बु र नेवार समुदायले विराटनगरमा आफ्नो महत्त्वपूर्ण पर्व धुमधामका साथ मनाएका छन्। प्रकृति पूजक लिम्बु समुदायले चासोक तङ्नाम, नेवार समुदायले यमरी पुन्ही, र किराँत समुदायले उधौली पर्व विधिपूर्वक मनाएका हुन्।

लिम्बु समुदायले नयाँ बाली भित्र्याउने अवसरमा पितृ पूजा गर्ने परम्पराअनुसार चासोक तङ्नाम सम्पन्न गरेको थियो। सो अवसरमा किराँत याक्थुङ चुम्लुङ महानगर समितिले विराटनगर–१५ मा आयोजना गरेको कार्यक्रममा कोसी प्रदेश प्रमुख परशुराम खापुङले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै सांस्कृतिक विविधताले नै मुलुकलाई एकतामा बाँध्ने बताए। उनले मुलुकको अखण्डता र राष्ट्रिय पहिचान जोगाउन सबै धर्म, संस्कृति र परम्पराप्रति सम्मान आवश्यक रहेको बताए।

यस्तै, नेवार समुदायले बुधहाट चोकमा यमरी पुन्ही पर्व मनाउँदै यमरीका विभिन्न परिकारको प्रदर्शनी तथा बिक्री गरेका थिए। कार्यक्रममा स्थानीय तथा बाह्य दर्शकहरूको चासो र सहभागिता उच्च रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट